एनआरएनए क्षेत्रीय समिती जोहोरको आयोजनामा नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान सम्पन्न।

[ आरएन चौधरी थारु ]

जोहोरबारु (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया , क्षेत्रीय समिती जोहोरले नेपाली नयाँ बर्ष विक्रम संम्बत् २०७९ सालको शुभ उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

हिजो आईतवारको दिन जोहोरबारुको एक होटेल प्राङ्गणमा आयोजित सो शुभकामना आदानप्रदान कार्यक्रम एनआरएनए क्षेत्रीय समिती जोहोरका अध्यक्ष हरि बहादुर बस्नेतको सभापतित्वमा त्यस्तै एनआरएनए मलेसिया केन्द्रिय अध्यक्ष विनोद थापाको प्रमुख आतिथ्यता तथा केन्द्रिय उपाध्यक्ष राकेश प्रसाद महतो , हेमराज सापकोटा , महासचिव रञ्जित क्षेत्री लगायतको बिशेष आतिथ्यतामा सम्पन्न भएको क्षेत्रीय सचिब राज बहादुर साउँदले मलाया खबरलाई जानकारी दिनुभयो।

सो शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि , ब्यापारी ब्यावसायी अतिथी लगायत दर्शकहरुले एक – अर्कालाई नयाँ बर्ष २०७९ को शुभकामना दिई खुसी व्यक्त गरेका थिए।

युवा संयोजक छविलाल गिरीले संचालन गरेको उक्त शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा एनआरएनए क्षेत्रीय समिती जोहोरले खेलप्रेमी नेपाली खेलाडीहरुमा अगाडि बढ्ने हौसला प्रदान गर्नको लागि ६ थान भलिबल , ६ थान फुटबल , ६ थान ब्याडमिन्टन लगायतको सामाग्री बितरण गरि सहयोग समेत गरिएको क्षेत्रीय सचिब साउँदले जानकारी दिनुभयो।

सो शुभकामना आदानप्रदान कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारहरुले जोडदार नृत्य समेत प्रस्तुत गरेका थिए , भने विभिन्न ब्यक्तित्वहरुलाई सम्मानपत्र दिई दोसल्ला ओढाएर सम्मानित समेत गरिएको थियो।

Advertise