अमेरीकामा गाडीले ठक्कर दिँदा नेपाली युवा प्रज्वल विष्टको मृत्यु।

एजेन्सी := अमेरिकाको क्यालिफोर्निया राज्यमा सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । ३२ वर्षीय प्रज्वल विक्रम विष्टको गाडीमा अर्को गाडीले ठक्कर दिँदा मृत्यु भएको त्याहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टरमा उपचार भईरहेको छ ।

प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिए पछि उनको ज्यान गएको हो। उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो ।