काठमाडौं := सरकारले संयुक्त राज्य अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) ले दिने ६ सय ५९ मिलियन डलर अर्थात् करिबकरिब अनुदान सहायता रकम स्वीकार गरेकाे छ ।
गएकाे चैत ३० गते बुधवार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले याे जानकारी दिनुभएकाे हाे ।
यसै गरी सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब रुपैयाँ सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईडीएबाट १८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण सहायता स्वीकार्ने सरकारले निर्णय गरेको जानकारी दिए ।




















