इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेटमा गुजरातको हार।

एजेन्सी := इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार बेहोरेको छ । गएराति भएको खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।

सोमबार राति  मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो। उसका कप्तान हार्दिकले ५० रन बनाए ।  हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।