काठमाडौं := एक नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा जेल परेका नेपाली चलचित्रका अभिनेता पल शाहले सर्वोकृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमकाे आयोजना गरि हाल तनहुँको जेलमा सजाय भोगिरहेका अभिनेता पललाई सार्वोकृष्ट नायकको अवार्ड दिइएको हो ।
बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जितेका छन् । उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन्।
त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। समारोहमा सहभागी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले जेल परेका पललाई याद गरिरहेको भन्दै भावुक भएका थिए ।अवार्ड लिएको तस्बिर फेसबुकमा पोस्ट गर्दै पूजाले प्र’सव पी’डामा चिच्याएकी आमा सन्तान जन्माएपछि मुस्कुराएको जस्तै आफू मुस्कुराएको बताएकी छन्।
यद्यपि दिल खोलेर हाँस्न नसकेको उनको भनाइ छ । पूजाले आफूहरूले पाएको अवार्ड पललाई समर्पित गरेकी छन् ।‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारी साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ । पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौँ ।’




















