पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त, आजै नयाँ प्रधानमन्त्री चयन हुने।

एजेन्सी := पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ ।शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि खान पदमुक्त हुनु भएको छ।

इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री हुनु हो । आइतबार मध्यराति पाकिस्तानको संसद्‌ (राष्ट्रिय सभा) मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको पक्षमा खसेपछि अविश्वासको प्रस्ताव पारित भएको हो ।

अविश्वास प्रस्ताव पारित भएसँगै पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएलएन) का अध्यक्ष शाहबाज सरिफले पाकिस्तानले पुनः संविधान र कानुनलाई स्थापित गर्न चाहेको बताउनु भएको छ ।

त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्त्व भएको बताउनु भएको छ ।नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।