देशको अर्थतन्त्र टाट पल्टेपछि श्रीलंकामा लागू गरिएको संकटकाल खारेज।

कोलम्बो:= श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गर्नु भएको हो । सरकारविरोधी प्रदर्शनबीच  गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाउनु भएको थियो ।

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिनु भएको थियो । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिनु भएको हो । त्यसअघि मन्त्रिपरिषद्का  सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए । टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।