गायिका रिमालले भनिन्: मलाई क्यानले कुनै स्पष्टीकरण सोधेको छैन।

काठमाडौं := गायिका रचना रिमालले नेपाल क्रिकेट संघ क्यान ले आफूलाई कुनै पनि स्पष्टीकरण नसोधेको बताइन्। उक्त कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छिन् ।‘म आफैं टिकट काटेर भित्र प्रवेश गरेकि हुँ त्यसपछि क्यानको सरहरुले मलाई अतिथिको रुपमा बोलाएका हुन् ।

उनले लेखेकि छन् ‘स्पष्टीकरणको बारेमा मलाई केही जानकारी नै छैन् । विभिन्न सञ्चारमाध्यममा मलाई क्यानले स्पष्टीकरण सोध्यो भनेर झुटा खबर आएको उनकाे गुनासो छ ।

गायिका रिमालले लेखेकाे स्टाटस लेख्दै यस्ताे छ।

नमस्कार म रचना रिमाल 🙏🙏
हालै सम्पन्न त्द्दण्क्ष् सिरिजको सबैखेल मैले फोनबाट हेरेपनि हिजो फाइनल म्याच मैदानमै सम्पुर्ण समर्थकसँगै बसेर हेर्ने योजना साथ म हिजोको सबै काम सारेर १ बजे मैदान पुगेको थिए । तोकिएको रु । २०० को टिकट किनेर खेलको पहिलो इनिङ समर्थकहरुको बिचमा बसेर हेरेको थिएँ भने दोश्रो इनिङ्को ५ ओभर पछि क्यानको निमन्त्रणा मा म vip बक्समा बसेर अन्तिम सम्म खेल हेरेर खेल पश्चात् सबै अतिथिसँगै पुरस्कार वितरण समारोहमा सरिक भएको थिए। त्यसै समय केहि खेलाडी र प्रशिक्षक संग फोटो खिच्ने अवसर प्राप्त गरेको हुँ र समारोह सकिएपछि मैदानबाट फर्किएको थिएँ । तर आज केहि अनलाईन समाचारहरुमा मलाई कृकेट असोसिएसन अफ नेपाल (क्यान) ले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने बारेमा समाचार आएको देखेँ , जुन सरासर गलत हो । समाचारमा उल्लेखित नाम क्यानका पदाधिकारी प्रशान्त विक्रम मल्ल दादालाई मैले टेलिफोन मार्फत बुझ्दा पनि त्यस्तो केहि नभएको तपाईंलाई हामिले बोलाएका हौँ, तपाईँ हाम्रो अतिथि हो हामिले त्यस्तो किन गर्ने रु भन्ने बताउनु भएको छ । यसैले पनि उक्त समाचार गलत रुपमा लेखिएको छ त्यसको म घोर बिरोध गर्दछु। साथै मेरो मान हानि हुनेगरि उक्त प्रकारको समाचार लेख्ने सबै मिडियाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि प्रकृया अगाडि बढाउने छु । सदैव खेलकुद र खेलाडी हरुप्रति मेरो उच्च सम्मान र समर्थन रहनेछ।