‘मिष्टर नेपाल २०२२’ मा ३६ युवाको प्रतिस्पर्धा हुने।

काठमाडौं:= ‘मिष्टर नेपाल २०२२’ मा ३६ युवाको प्रतिस्पर्धा हुनेभएको छ । छनोट चरणको अडिशनबाट अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताउनुभएको छ ।

एक्स्पोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा देशभरबाट सहभागी छन् । प्रतियोगितामा काठमाडौंबाट एलिस गिरी, स्वराज श्रेष्ठ, प्रवीन विके, रोनिस खड्गी, प्रसन्न राई, सिर्जन पाठक, विकास गमाल रहेका छन्, काभ्रेबाट आकाश भैला, विशाल महत, योगेश लामा तामाङ, जीवन गिरीले भाग लिनुभएको छ ।

त्यस्तै आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, विशाल कटुवाल, सवीन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, कपालिक खनाल काभ्रेपलाञ्चोक, खिमराज शर्मा, सुरज आले बाँके, रूपेश महत्तो ललितपुर, रूपेश दाहाल, मानसकुमार राई ओखलढुंगा, डा.नरोतम तिवारी, प्रेमचन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रूपन्देही, सञ्जय पनेरु चितवन, नवीन श्रेष्ठ नुवाकोट, अभिषेकचुडाल झापा, कैलास रावत कैलाली, दीपेन्द्रकुमार शर्मा सर्लाही रहनुभएको छ ।

यसपटक प्रतियोगितामा डाक्टर, इन्जिनियर, अभिनेतालगायत व्यक्तित्वको समेत सहभागिता रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।प्रतियोगी अहिले अन्तिम प्रतिस्पर्धाको तयारी कक्षामा फिजिकल फिटनेश, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्क्रिललगायत विभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिइरहनुभएको छ ।

प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार हुनुहुन्छ ।युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्य रहेको प्रतियोगिताको फाइनल स्पर्धा आगामी वैशाख ३ गते आयोजना हुँदैछ । प्रतियोगितामा आफूमा मनपरेको प्रतियोगीलाई जिताउन इसेवामार्फत मिष्टर नेपाल सर्च गरेर भोटिङसमेत गर्न सकिनेछ ।

आगामी वैशाख ३ गते अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र चलचित्रमा अभिनय अवसर प्राप्त गर्नेछन् ।