आर्थिक पाटाेलाई मजबुत बनाउँदै सहकारीले सामाजिक गतिविधिमा प्रभावकारी भुमिका खेल्नुपर्छ।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तुमा नयाँबस्ति दुग्ध उत्पादन सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-११, नयाँबस्तिमा रहेकाे सहकारीको २९औं साधारणसभा शनिबार सम्पन्न भएकाे संस्थाका अध्यक्ष अर्णलाल उपाध्यायले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले देशलाई समृद्ध बनाउन सहकारीले उत्पादनमूलक कार्यमा लगानी गर्न आवश्यक रहेकाे बताए । कृषकले उत्पादन गरेकाे दुग्ध उक्त सहकारीले संकलन केन्द्र सञ्चालन गरि सराहनीय भएकाे जनाए । आर्थिक पाटाेलाई मजबुत बनाउँदै सहकारीले सामाजिक गतिविधिमा प्रभावकारी भुमिका खेल्नेमा जाेड उनले दिए । ग्रामीण भेगलाई मध्यनजर गर्दै सञ्चालन गरिएकाे दुग्ध संकलन केन्द्रले आम स्थानीयकाे समस्या समाधान गर्न ज्वलन्त उदाहरण भएकाे केसीले उल्लेख गरे ।

यसैबीच शिवराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पशुपालक किसानलाई साे सहकारीले टेवा पुगेकाे जनाउँदै दुग्ध संकलन गर्न टाटा जानुपर्ने बाध्यता हटेकाे बताए । सहकारीले दुग्ध संकलन मात्रै नभएर अब कृषकलाई मल खाद लगायत कृषिजन्य वस्तु उपलब्ध गराउन जरुरी रहेकाे जिकिर गरे । लामाे समयदेखि सञ्चालनमा रहेकाे सहकारीले स्थानीय समुदायका पशुपालकलाई सकारात्मक प्रभाव पारेकाे अध्यक्ष सापकोटाले जनाए ।

सहकारीले गत आर्थिक बर्ष २०७७-०७८ मा १ कराेड ६७ लाख ९७ लाख ५ सय १० रुपैयाँको काराेबार गरेकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी शिवराज नगरपालिका पशु शाखा प्रमुख धानेश्वर खनाल, जनजागृति महिला समूहकी चन्द्रमाया पाैडेल, प्रगतिशिल महिला समूहकी मिना पन्थ र लेखनाथ खनाल लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।