राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’को हिन्दी भर्सनले पाँच दिनमा कति कमायो?

एजेन्सी := गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको एसएस राजामौलीको ‘आरआरआर’ फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । साउथका सुपरस्टार राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’ले रिलिज हुनु अगाडि नै अग्रिम टिकट बूकिङ र विभिन्न भाषाका प्रर्दशन राइट्सबाट नै ७ सय ५० करोड बढीको कलेक्शन गरिसकेको थियो ।

‘आरआरआर’को हिन्दी भर्सनले मात्रै पनि बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरिरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पाँच दिनमै एक सय करोड भन्दा बढीको बक्स अफिस कलेक्शन गरिसकेको छ । तरणका अनुसार ‘आरआरआर’ले पाँचौ दिन अर्थात् मंगलबार १५.०२ करोडको कलेक्शन गरेको छ । योसँगै फिल्मको हिन्दी भर्सनले १०७.५९ करोडको बक्स अफिस कलेक्शन गरेको छ ।

दिल्ली, गुजरात, यूपी, विहार, राजस्थानलगायतका हिन्दी मास सर्किटमा ‘आरआरआर’को दबदबा उत्तिकै रहेको छ । एसएस राजामौलीको यो फिल्म दुई करोडको आँकडातर्फ बढिरहेको छ । त्यसोत, ‘आरआरआर’ले पहिलो दिन १९ करोडको कलेक्शन गर्दै खाता खोलेको थियो । फिल्मले चौथो दिनसम्म आइपुग्दा ९१.५० करोडको कमाइ गरिसकेको थियो, भने पाँचौं दिन एक सय करोडको आँकडा पार गरेको तरण आदर्शले जनाएको छ ।

पोजेटिभ माउथ अफ वर्डले फिल्मलाई जबरदस्त फाइदा पु¥याइरहेको छ । फिल्मको कमाइको यही रफ्तार जारी रहने हो भने ‘आरआरआर’ले कयौं रेकर्ड तोड्ने आँकलन गरिएको छ । ‘आरआरआर’ले साउथका अर्का सुपरस्टार प्रभाषको फिल्म ‘बाहुबलीः द बिगिनिङ’को लाइफटाइम बिजनेश एक सातामै पार गर्ने तरण आदर्शको आँकलन छ ।

‘आरआरआर’ एसएस राजामौलीको हिन्दी संस्करणको बक्स अफिसमा १०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । यस अगाडि उनका फिल्म ‘बाहुबलीः द विगिनिङ’ र ‘बाहुबलीः द कन्क्लुजन’ले यस रेकर्ड बनाएका थिए । यसका साथै राम चरण र जुनियर एनटीआरको हिन्दी भर्सनमा १०० करोड क्लबमा सामेल हुने पहिलो फिल्म ‘आरआरआर’ बनेको छ ।