काठमाण्डौँ:= अघिल्लो निर्वाचन भन्दा यस पटक निर्वाचन आयोगले उम्मेद्धारको मापदण्डमा कडाई गरेको छ । गत चुनावमा ठेकेदार र पिआर होल्डरले समेत जीत हात पारेको देखिएपछि यस पटक मापदण्डमा कडाई गरिएको छ ।
निर्वाचन आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा अब स्थानीय ठेक्का पट्टामा संलग्न ठेकेदारले उम्मेद्धारी दिन पाउने छैनन् ।
त्यसै गरी विदेशमा पिआर लिएकालाई समेत उम्मेद्धारी बन्न रोक लगाईएको छ ।
२१ वर्ष पूरा भएको , कुनै सरकारी लाभको पदमा नबसेको र वडामा मतदाता सूचीमा नाम भएका उम्मेद्धारले उम्मेद्धारी दिन पाउनेछन् ।
यस्तो छ आयोगको मापदण्ड हेर्नुहोस्






















