सुमोना कपिल शर्मा शोबाट आउट !

मुम्बई:= भारतको चर्चित टेलिभिजन शो द-कपिल शर्मा शोकी चर्चित पात्रमध्येकी एक सुमोना चक्रवर्तीले शो छोड्नुभएको हो कि भन्ने हल्ला चलेको छ । एक भारतीय सञ्चारमाध्यमले यो कुरा बताएको छ ।

वास्तवमा सुमोनाको नयाँ शोको प्रोमो सार्वजनिक भएपछि उहाँले आफूले प्रस्तुति दिँदै आएको द कपिल शो छोडेकी हुन् कि भन्ने चर्चा चल्न थालेको हो । आफ्नो कमेडीमार्फत् मानिसलाई हसाउने सुमोना एक बंगाली शोमा देखिने हुनुभएको हो ।

जिजेस्टको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सुमोना चटर्जीको नयाँ शोको प्रोमो शेयर गरिएको छ । जिजेस्टको आउँदो शोको नाम शोना बंगाल हो जसमा सुमोनालाई बंगालको सुन्दरता एक्सप्लोर गरिरहेको देख्न सकिन्छ । शोना बंगाल मार्च ३० तारिखमा बुधबार राति आठ बजे जिजेस्टमा प्रशारण हुँदैछ ।

यही प्रोमोलाई आधार मानेर नै उहाँले कपिल शर्मा शो छोडिसक्नु भएको छ भन्ने खबर सार्वजनिक भएको हो ।अहिलेसम्म यसबारे सुमोना र कपिल शर्माको तर्फबाट कुनै आधिकारिक बयान भने आइसकेको छैन । तर उनले एकैपटक दुईवटा प्रोजेक्टमा काम गरेको पनि हुनसक्छ ।