[ प्रमोद चौधरी ]
कोहलपुर := केही समय देखि थारु गीतसंगीतको क्षेत्रमा मन बढाउ रुचि राख्दै आएका गायक आर के थारुको अर्को नयाँ चर्चित थारु गीत “ना दिन ढले ना रात” यति बेला अन्य समाजिक संजालमा भाइरल हुँदै आएको छ ।
“ना दिन ढले ना रात” बोलको थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको गायक आर के थारुले बताउनुभयो । गीतको शब्द, संगीत, रचनामा गायक आर के थारुकै रहेको छ भने गितमा चर्चित गायीका अन्नु चौधरीले साथ दिनुभएको छ ।म्युजिक भिडियोलाई सुरज देव कुसुम्याले निर्देशन गर्नु भएको छ ।
यस म्युजिक भिडियोमा चर्चित मोडल क्रेजल चौधरी र मधु चौधरीको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन कोहलपुर सुतैया गाउँ बाँके र दैलेखको गुराँसे लगायतको रमणीय ठाउँहरुमा गरिएको गायक आर के थारुले बताउनुभयो।
म्युजिक भिडियोको व्यवस्थापन गणेश चौधरी, छायांकन, सम्पादन रामु चौधरी छायांकन सहयोग राम थारु, मिक्स मास्तेरिङ चन्द्र चौधरी, सिँगार अम्राता राजबिरले साथ दिनुभएको छ ।
आरकेसी डिजिटल युट्युब च्यानलबाट ना दिन ढले ना रात बोलको म्युजिक भिडियो मंगलवार सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :




















