काठमाडौं:= नेपाल भ्रमणमा रहनु भएको चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री वाङ आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।
नेपाल भ्रमणमा रहनु भएको चिनियाँ विदेशमन्त्री वाङ यीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । यसैगरी आज उहाँले नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पालैपालो भेटवार्ता गर्ने कार्यक्रम छ ।
चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।वाङ नेतृत्वको प्रतिनिधिमण्डल आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




















