बुद्धभुमिमा स्मारिका विमाेचन,सार्वजनिक सुनवाई तथा सम्मान कार्यक्रम सम्पन्न।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तुकाे बुद्धभुमि नगरपालिका वडा नम्बर ९ मा स्मारिका विमाेचन, सार्वजनिक सुनवाई तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । मंगलबार वडा कार्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा ७० जना स्थानीयलाई सम्मान गरिएको जनाइएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले कार्यक्रमलाई सम्बाेधन गर्दै वडाले गरेकाे कार्य प्रशंसा याेग्य रहेकाे जिकिर गरे। यस क्षेत्रमै कसैले नगरेकाे काम ९ नम्बर वडाले गरेकाे ऐतिहासिक कार्यबाट अरुले पाठ सिक्न जरुरी रहेकाे उनले बताए ।

स्मारिकाले विगतका इतिहासलाई स्मरण गर्न सहज हुने जनाउँदै समयसापेक्ष सकारात्मक पक्षलाई अनुसरण गर्न प्रभावकारी हुनुमा सदस्य केसीले विश्वास व्यक्त गरे । पुस्तकमा रचनात्मक क्रियाकलापलाई जिवित पार्दै नकारात्मक पक्षलाई वडाले सुधार गर्नुपर्ने उनले सुझाए ।

यसैबीच कार्यक्रम बाेल्ने अधिकांश बक्ताहरुले अन्य वडाकाे तुलनात्मक रुपमा आफ्नाे वडा अगाडि रहेकाे बताए । साथै शैक्षिक स्तरदेखि विकास निर्माणका कार्यमा उल्लेखनीय याेगदान पुर्‍याएकाे प्रशंसा गरेका थिए । स्थानीयले वडा कार्यालयलाई विकास निर्माणसँगै समसमायिक विषयमा प्रश्न समेत गरेका हुन । जसकाे जवाफ वडा अध्यक्ष खुमानन्द न्याैपानेले प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रममा वडा भित्रका कृषक, कर्माचारी, राम्राे काम गरेका उपभोक्ता समिति र प्रतियोगितामा भाग लिई विजेता भएका विभिन्न विद्यालयका विद्यार्थी लगायत ७० जनालाई वडा कार्यालयले खाडा, सम्मान पत्र र मेडलले सम्मान गरिएकाे वडाध्यक्ष न्याैपानेले जानकारी दिए ।