अभिनेत्री करिष्मा मानन्धर जसपा छाडेर आज एमालेमा प्रवेश गर्ने।

काठमाडौं := अभिनेत्री करिष्मा मानन्धर जसपा छाडेर आज एमाले प्रवेश गर्ने भएकी छन् । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोल्दा त्यता लागेकी उनी आज एमालेमा जान लागेकी हुन् । आज १ बजे पार्टी कार्यलय थापाथलीमा अध्यक्ष ओलीले मानन्धरलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

आजै पूर्व एमाले नेता रहेपनि पछिल्लो समय अलग्गै समुह जनता समाजवादी पार्टी बनाएका प्रेम बहादुर सिंह पनि आफ्नो पार्टी एमालेमै समाहित गरेर जाने भएका छन् । आज उनलाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।