एजेन्सी ओस्लो := अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको छ । चारजना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको हो । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई जानकारी रहेको भन्दै उक्त घटनाको अनुसन्धान भइरहेको अमेरिकी मरीन कोप्र्सका प्रवक्ता स्पुत निकले बताउनुभएको छ ।
यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो । ‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ’, प्रवक्ताले भन्नुभयो । अमेरिकी मरिन कोप्र्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको जानकारी दिए ।



















