पोल्याण्डकी कारोलिना बनिन् ७० औँ मिस वल्र्ड।

एजेन्सी:= पोल्याण्डकी कारोलिना बिओलेस्का ७० औँ मिस वल्र्ड बन्नुभएको छ । पोर्टोरिकोमा बिहीबार सम्पन्न भएको मिस वल्र्डको अन्तिम प्रतिस्पर्धामा अमेरिकाकी श्री सैनी फस्र्ट रनर अप बन्नुभयो भने आइभोरी कोस्टकी ओलिभिया यास सेकेण्ड रनर अप बन्नुभयो ।

नयाँ मिस वल्र्ड कारोलिना अहिले व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहनु भएको छ । मोटिभेसनल स्पिकर बन्ने उहाँको सपना छ । नेपालबाट मिस वल्र्डमा सहभागी हुनुभएकी नम्रता श्रेष्ठ टप १२ मा पर्न नसकेपछि बाहिरिनु भएको थियो ।