काठमाडौं:= ‘मिस्टर नेपाल’को आयोजना यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ । एक्सपोज नेपालले आयोजना गर्दै यो प्रतियोगीता यस वर्षबाट आयोजक संस्था फेरिएको बताइएको छ । योसँगै ‘मिस्टर नेपाल २०२२’को छनौट सुरु भएको छ । गएको शनिबारबाट प्रतियोगी छनौटको प्रारम्भिक अडिशन सुरु गरेको र अडिशन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।
अहिलेसम्म प्रतियोगीतामा एक सय बढीले अडिशन दिनुभएको छ । ती मध्यबाट केही प्रतियोगी छानिनुभएको छ । अडिशनबाट छानिनु भएका सबै प्रतियोगी १२ गतेको अन्तिम अडिशनपछि सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभएको छ ।
‘मिष्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले प्रतियोगिताका लागि चैत १२ गतेसम्म सहभागिता जनाउन सक्नेछन् । विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्चमाथि उचाइ भएका नेपाली नागरिकले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकको छ ।
विभिन्न जिल्लामा समेत अडिशन आयोजना भइरहेको प्रतियोगितामा यो वर्षबाट स्थानीय सौन्दर्य प्रतियोगिताका विजेताले समेत सहभागी अवसर प्राप्त गरेका छन् । ‘मिष्टर वल्र्ड’मा नेपालको सहभागिता अझ दर्बिलो बनाउन र प्रतियोगितालाई थप उचाइ दिने उद्देश्यका साथ आफूलेले प्रतियोगिताको फम्र्याट बनाएको धमलाले बताउनुभयो ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’मा सहभागिताको अवसरको अलवा पाँच लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् । देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिशनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।
प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्यलगायतले प्रशिक्षण दिने कार्यक्रमको कोरियोग्रफर प्रशान्त ताम्राकार रहनुभएको छ । प्रतियोगिताको छनौट चरणको अडिशनको निर्णायकमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य, रवि धमला र मिष्टर नेपाल विजेता डा.सन्तोष उपाध्याय रहनुभएको छ ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी वैशाखको दोस्रो साता हुनेछ ।




















