काठमाडौं:= गायक प्रकाश सपूतलाई सुरक्षा ख’तरा बढेको छ । माओवादी द्व’न्द्वले दिएको पी’डा सम्बन्धी म्युजिक भिडियोका कारण चर्चामा आएका उनलाई ध’म्की आउन थालेको छ । सपूतलाई माओवादी सम्वद्ध संगठनका पदाधिकारीले नै ध’म्की दिन थालेका छन् । यु’ट्युबबाट भिडियो हटाउन ध’म्की बढ्न थालेको छ ।
माओवादी सम्वद्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भिडयो नहटाए चुप नलाग्ने भन्दै ध’म्की दिएकी छिन् । सामाजिक सञ्जालमा पनि उनी विरु’द्ध ध’म्की आएको छ । माओ वादी केन्द्रीय सदस्य दीप शिखाले पनि चेता’वनी दिएका छन् । उनले म्युजिक भिडियोमा देखाइएको कतिपय दृश्य आपत्तीजनक मात्र नभई द’ण्डनीय भएको बताएका छन् ।
पीडा दियो बोलको गीत यतिबेला यु’ट्युबमा ट्रेन्डिङमा छ । यु’ट्युबमा राखेको भिडियो अहिलेसम्म दशौं लाखले हेरिसकेका छन् । माओवादी द्व’न्द्वमा प्रत्यक्ष सहभागी लडा’कुको पी’डादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ ।
म्युजिक भिडि योमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुन लगायतले अभिनय गरेका छन् । भिडियोमा माओवादीका पूर्व लडा’कुहरु विदेशिन वाध्य भएको देखि यौ,न व्यापारमा लाग्न थालेको देखाइएको छ । रिपोर्टस नेपालबाट




















