सातौं राष्ट्रिय लोकदोहोरी अवार्ड सम्पन्न,कुशल र शान्तिश्री उत्कृष्ट गायक र गायिका।

काठमाडौं:= राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिले आयोजना ‘सातौं राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७८’ सम्पन्न भएको छ । समारोहमा सर्वोत्कृष्ट गायकतर्फको अवार्ड कुशल बेल्बासेले पाउँदा गायिका तर्फको अवार्ड शान्तिश्री परियारले पाउनुभयो ।

अवार्डमा दीर्घसाधना सम्मान गायक बमबहादुर कार्कीलाई प्रदान गरियो । दशकको स्रष्टा सम्मान रामजी खाँणलाई प्रदान गरियो भने ‘कलकत्ते काइँयो’ले सदावहार लोकगीतको सम्मान ग्रहण ग¥यो । संस्थागत स्रष्टा सम्मान उपत्यका समन्वय समितिका संस्थापक दुर्गा रायमाझीलाई प्रदान गरियो । पत्रकारिता सम्मान नरेश फुँयालले प्राप्त गर्नुभयो । राष्ट्रिय भावको गीततर्फ मनोजसिंह धामी, दोहोरी साँझ वाद्यवाधनतर्फ रत्न विक, रेकर्डिङतर्फ सुमन राना र ध्वनि मिश्रण विधामा कुमार सानु पुनले अवार्ड जित्नुभयो ।

संगीत संयोजकतर्फ डोलराज बाह्रघरे, म्युजिक भिडियो सम्पादनतर्फ नवीन घर्ती मगरले अवार्ड प्राप्त गर्नुभयो । म्युजिक भिडियो छायांकन अवार्ड दुर्गा पौडेल, सर्वोत्कृष्ट दोहोरी साँझ गायक सादुराम रोका, सर्वोत्कृष्ट दोहोरी साँझ गायिका शर्मिला कँडेल, सर्वोत्कृष्ट लोक दोहोरी प्रतियोगी गायक प्रकाश पराजुली, सर्वोत्कृष्ट लोक दोहोरी प्रतियोगी गायिका मीना बुढाथोकीले हात पार्नुभयो ।

परम्परागत गीत गायनतर्फ तेजिन्द्र गुरुङ, सर्वोत्कृष्ट लोकगीत शंकर पन्त, सर्वोत्कृष्ट लोक दोहोरी गीततर्फको अवार्ड प्रकाश सपूतलाई प्रदान गरियो । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन अभिनय अवार्ड विनोद भण्डारीले हात पार्नुभयो भने सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियोतर्फको अवार्ड स्मृति तिमिल्सिनाले प्राप्त गर्नुभयो ।

सर्वोत्कृष्ट लोकदोहोरी शब्दतर्फको अवार्ड विजय चन्द दर्पण, सर्वोत्कृष्ट लोकदोहोरी लयतर्फ गोविन्द पंगेनी, सर्वोत्कृष्ट लोकदोहोरी मोडल नृत्यतर्फ सागर लम्साल (बले), सर्वोत्कृष्ट लोकदोहोरी मोडल नृत्यतर्फ रीना थापामगरले अवार्ड हात पार्नुभयो । जुरी अवार्डमा महिलातर्फ सम्झना भण्डारी, सर्वोत्कृष्ट जुरी अवार्ड पुरुषतर्फ युवराज मगर, सर्वोत्कृष्ट एसएमएस च्वाइस अवार्ड सुरेन्द्र लामिछानेलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट क्रियटिभ अवार्ड काजिश श्रेष्ठ, सर्वोत्कृष्ट मल्टिट्यालेन्ट अवार्ड खेम सेञ्चुरी, सर्वोत्कृष्ट लोकदोहोरी नायक अभिनयतर्फ शिशिर पौडेल, सर्वोत्कृष्ट लोकदोहोरी नायिका अभिनयतर्फको अवार्ड साया भण्डारीलाई प्रदान गरियो । यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी नवगायकतर्फको अवार्ड प्रकाश दूतराजले हात पार्दा सर्वोत्कृष्ट लोकदोहोरी नवगायिकाको अवार्ड सुमन थापामगरले जित्नुभयो ।

विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अवार्ड प्रदान गर्नुभयो । अवार्ड हस्तान्तरण गर्दै उपराष्ट्रपति पुनले संगीत, कथा, कलाकार र कलाकारिता क्षेत्रलाई राज्यले अपेक्षित सहयोग नगरेको बताउनुभयो । राजनीतिक परिवर्तनमा संगीतको उल्लेख्य भूमिका रहेको भन्दै उहाले राज्यको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा पत्रकारिताको माध्यमबाट अतुलनीय योग्दान पु¥याएको भन्दै समारोहमा हिमालय टाइम्स र आर्टिष्ट खबरका रंग पत्रकार गोपिकृष्ण चापागाईंलाई अनलाइन पत्रकारिता सम्मान, रेडियो मिरमिरेका सञ्चारकर्मी राजु बोहरालाई रेडियो पत्रकारिता सम्मान, सौर्य दैनिकका पत्रकार केशव भट्टलाई छापा पत्रकारिता सम्मान, लालिगुरास डटकमका सञ्चालक कमल सरगम र प्रकाश बराइलीलाई रंग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।