पटना:= भोजपुरी अभिनेत्री नम्रता मल्ला यतिबेला धेरैको रोजाइमा रहनुभएको छ । नम्रताले आफ्नो लोकप्रियतामा रमाउँदै इन्टरनेटमा आफ्ना फ्यानहरूलाई सरप्राइज दिइरहनुहुन्छ । नम्रताले आफ्नो फेसन सेन्सबाट प्रमाणित गरिसक्नुभएको छ कि उहाँ भोजपुरी चलचित्रमा सबैभन्दा ग्ल्यामर्स र स्टाइलिस एक्ट्रेस हुनुहुन्छ ।
सोसल मिडियामा उहाँका बोल्ड तस्बिर सार्वजनिक भइरहेका हुन्छन् । पछिल्ला केही दिनमा उहाँका ‘ब्ल्याक बिकिनी’ फोटाहरूले बलिउड क्षेत्र तताएको छ । कालो बिकिनीमा कालै चस्मा लगाएर नम्रता धेरै पोजमा देखिनुभएको छ । नम्रता मल्लाका तस्बिरले उहाँ आफैँमा एकदम कन्फिडेन्ट भएको देखाउँछ । आफ्ना यिनै स्टाइलिस तस्बिरले उहाँले बलिउडका धेरैलाई टक्कर दिने देखिएको छ ।






















