पल शाह र नाबालिकग करणी मुद्दा: पलका म्यानेजर कृष्ण जोशी पक्राउ।

तनहुँ := नाबालिग बालिका बलात्कारका आरोपी अभिनेता पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

नाबालिग बालिकालाई हत्याको धम्की दिएको, बलात्कार प्रकरणमा संलग्न भएको आरोप जोशीमाथि छ । पक्राउ परेका जोशीलाई जिल्ला अदालत तनहुँबाट अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ।

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करणी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।