विदेशबाट नेपाल फर्किने पुर्ण खोप लगाएका यात्रुले पिसिआर गराउन नपर्ने,क्वारेन्टाइन बस्न नपर्ने।

[ आरएन चौधरी थारु ] 

काठमाडौं := नेपाल सरकारले  विदेशबाट नेपाल फर्किने यात्रुलाई सहज हुने किसिमको कोरोनासम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

कोरोना रोकथामका लागि यसअघि जारी भएका सबै प्रावधान खारेज गरेर सरकारले हवाई यात्रामार्फत विदेशबाट आउने यात्रुहरु जसले कोरोना विरुद्धको पुर्ण खोप लगाएका छ्न ती यात्रुहरुले कोरोना सम्बन्धि पिसिआर परिक्षण गराउन नपर्ने भएका छ्न। नेपाल स्थित अध्यागमन विभागले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

तर जसले कोरोनाविरुद्धको खोप लगाएको छैन अथवा एउटा् मात्रा मात्रै लगाएको छ ती यात्रुहरूले भने ७२ घण्टा भित्रको पिसिआर परिक्षण गराउनुपर्ने हुन्छ र पिसिआर गराएको नेगेटिभ रिपोर्ट साथमै लिएर विमानस्थल जानुपर्ने हुन्छ ।

पुर्ण खोप लगाएकाले आफुले लगाएको खोप कार्ड र डिजिटल सर्टिफिकेटलाई फोटोकपी गरेर विमानस्थलमा देखाएपछि फर्किन मिल्ने नयाँ यात्रा प्रावधान लागू गरेको हो। यसैगरी विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ।

 

ADVERTISE