‘परदेशी–२’को फस्टलुक पोष्टर सार्वजनिक, चलचित्र दशैंमा आउने।

काठमाडौं:= बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ। नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र आगामी विजयादशमीमा प्रदर्शनमा आउने भएको हो । राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्रको बुधबार फष्र्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको हो ।

सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ । ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन । र, यो चलचित्र परदेशीकै कथा–ब्यथा भएकाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो’– निर्माता राजेश वंशलले भने ।

रमेश बि.जी.को कथा रहेको चलचित्रमा प्रकाश, दीलिप, प्रशान्त, केकी र वर्षाका साथमा नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।