बलात्कार अभियोगमा पक्राउ परेका पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति।

तनहुँ := एक नाबालिग गायिकामाथि जबरजस्ति करणी (बलात्कार) गरेको अभियोग लागेका अहिले पनि प्रहरी हिरासतमै रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो। शाहलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको थियो । भोलीबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ।

शाहको विरुद्ध मुद्दा परेपछि शाह ३,४ दिनसम्म फरार अवस्थामा रहेका थिए , तर  फागुन १५ गते तनहुँ प्रहरीमा उपस्थित भएर आफैं गिरफ्तारी दिएका थिए। नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन्।