यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२२ / ०३/ ०३ तारिख, बिहिवारको दिन बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८३ पैसा र विक्रिदर १२१ रुपैयाँ ४३ पैसा रहेको छ। आज युरो १ को खरिददर १३४ रुपैयाँ ४८ पैसा र विक्रिदर १३५ रुपैयाँ १५ पैसा रहेको छ।

त्यसैगरी कतारी रियालको खरिद दर ३३ रुपैंयाँ १९ पैसा तथा विक्रि दर ३३ रुपैंयाँ ३५ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३२ रुपैंयाँ २१ पैसा तथा विक्रि दर ३२  रुपैंयाँ ३७ पैसा छ। युएई दिरामको खरिद दर ३२ रुपैंयाँ ९०  पैसा तथा विक्रि दर ३३ रुपैंयाँ ६ पैसा छ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ८० पैसा तथा विक्रि दर २८ रुपैंयाँ ९४ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ९८ रुपैंयाँ ५९ पैसा तथा विक्रि दर ४ सय रुपैयाँ ५७  पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय २० रुपैंयाँ ५१ पैसा तथा विक्रि दर ३ सय २२ रुपैंयाँ १० पैसा छ।

पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको थियो , तर पुनः केहिदिनदेखी मलेसियन रिंगेटको दररेट ओरालो झर्दै गरेको देखिन्छ। विभिन्न देशमा रहेका वाणिज्य बैंकहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।