पल शाह प्रकरणमा धमाधम खुल्दै नेपाली अभिनेत्री,सेलिब्रेटीहरु, कसले के भने त?

काठमाडौं := नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् ।

आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्र्ने बताउनु भएको छ ।

पल शाह प्रकरणमा सेलिब्रिटीले सामाजिक संजालमा सार्वजनिक गरेको धारणा उनीहरुकै शब्दमा –

यस बारे रेखा थापाले फेसबुकमा लेखेकी छिन् : 

‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षाण गर्ने हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा अभिनेत्री रेखा लेख्छिन्, ‘को सँग लभ छ, कति पटक यौन सम्पर्क भयो, यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनुहुँदैन ।

समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

रेखाले नाबालिगको संरक्षण गर्नुपर्ने बताएको केही घण्टापछि अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानुनको सम्मान रहेको बताउनु भएको छ । ‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ ऋचाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्नु भएको छ ।

 

 

यसबारे ऋचाले फेसबुकमा लेखेकी छन्–

मुलुकी अपराध संहिताले भन्छ– १८ वर्षमुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो । कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र रु १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै ।

सञ्चिता लुइँटेल

पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु । जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने किसिमका पोस्टहरु कृपया बन्द गरौं । खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं । यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु । दोषी र निर्दोष छुट्याउने काम कानून र अदालतको हो । त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ ।

लक्ष्मी बर्देवा

हामी यति त बुझ्न सक्छौँ नि–कानुन विपरित क्रियाकलाप गर्दा कानुनी सजाय भोग्नुपर्छ । मलाइ मनपर्ने मान्छे हो,होइन । मेरो नजिक छ-छैनले यसलाई फरक पर्दैन र पर्नु पनि हुँदैन । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैमा मुर्खता हो ।

श्रृङ्खला खतिवडा

एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित हो । यस्ता कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् कि उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन ।

मलाई अझै पनि विश्वास छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ ?हो,उनी जताततै अन्तरवार्तामा पनि आएकी छिन् तर यी सबै के हुन् भन्ने कुरा बुझ्न उनी परिपक्व छैनन् । यो मुद्दामा म चेतनाको असाध्यै ठूलो कमी देख्छु । नाबालिगसँगको यौन सम्बन्धबारे किन कानुन बनाइएका छन् भनेर गुगलमा खोजी गर्नुहोस् । यदि कसैले पीडकलाई समर्थन गरिरहेको देख्नुहुन्छ भने उनीहरुलाई मेसेज गर्नुहोस्,कमेन्ट गर्नुहोस् । तपाईंहरुले जे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ । तपाईंहरुले यो किन गलत हो भनेर बुझाउन सक्नुहुन्छ ।

म ती नाबालिगका लागि प्रार्थना गर्छु । यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ । आत्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ,बहिनी । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध हो । यसमा कुनै यदि र तर लागु हुँदैनन् । पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस् ।

उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ । यदि नाबालिगले नै यसो गर्न चाहेकी छिन् भने ‘हुन्न’ भन्ने काम वयस्कको हो । किनभने यहाँ पीडित केही निर्णय गर्नका लागि असाध्यै सानी छिन् । जबकी ती शाह उनीभन्दा धेरै नै उमेरका थिए । यसले उमेर,शक्ति र नियन्त्रणमा ‘इल्लिगल डाइनामिक्स’ बन्ने गर्छ ।

आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरुको जीवनभरी नै गहिरो घाउ बनाइदिएको हुन्छ । त्यसैले यस्ता कानुन बनाइएको हो । यसले नाबालिग (केटा–केटी) को  फाइदा उठाउन खोज्नेहरूलाई खबरदारी गर्छ । यो मुद्दा धेरैका लागि जागरुकताको माध्यम र धेरैका लागि पाठ बन्नुपर्दछ ।