सेयर बजारमा उच्च गिरावट।

काठमाडौं:= साताको दोस्रो दिन सेयर बजार ४३.१२ अंकले घटेर २६१०.५८ अंकमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ६.६४ अंकले घटेर ५००.२१ अंकमा झरेको छ । सोमबार कुल दुई सय २७  कम्पनीका ७८ लाख ३४ हजार नौ सय १५ कित्ता सेयर तीन अर्ब ६६ करोड एक लाख ८९ हजार आठ सय ६८ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कुल १३ समूहमध्ये सबैको सूचक घटेको छ । हाइड्रोपावर सबैभन्दा धेरै ३.०९, व्यापार, फाइनान्स, निर्जीवन बिमा, उत्पादन, जीवन बिमा र लगानी सूचक दुई प्रतिशतले घटेको छ ।

अपि पावर कम्पनीको सर्वाधिक १६ करोड नौ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावर १४.९४ करोड, हिमालयन डिस्टिलरी १३.३६ करोड, अपर तामाकोशी १३.१८ करोड, नेसनल हाइड्रोपावर १२.२४ करोड, नेपाल लाइफ इन्स्योरेन्स ११.५२ करोड, युनिभर्सल पावर ११.१८ करोड, नेपाल टेलिकम १०.९६ करोड, शिवम् सिमेन्ट ९.५० करोड र अरुण काबेली पावरको ९.०६ करोडको कारोबार भएको छ ।

११ प्रतिशत एनआइसी एसिया डिबेञ्चरको सर्वाधिक दुई प्रतिशतले बढेर एक हजार २० रुपैयाँ पुगेको छ भने सनराइज ब्लुचिप फन्ड, लक्ष्मी इक्विटी फन्ड र तारागाउँ रिजेन्सी होटलको एक प्रतिशतले घटेको छ । सामलिङ पावर कम्पनी र तेह्रथुम पावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने दिव्यश्वरी हाइड्रोपावर ८.५५, मैलुङ खोला जलविद्युत्, न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चरकोे छ प्रतिशतभन्दा बढीले घटेको छ ।