महाशिवरात्रीको अवसरमा मार्च १ तारिख मलेसियास्थित नेपाली दूतावास बन्द रहने।

क्वालालम्पुर (मलेसिया) := यहीँ मिति २०७८ साल फाल्गुन १७ गते अर्थात सन् २०२२ मार्च १ तारिख मंगलबारको दिन नेपालको सार्वजनिक विदाको अवसरमा मलेसिया स्थित नेपाली दूतावास बन्द रहने भएको छ्।

भोलि फाल्गुन १७ गते हिन्दू धर्मावलम्बीहरुको चाडपर्व महाशिवरात्रीको शुभ अवसरमा नेपाली राजदूतावासबाट प्रभाव हुने सम्पुर्ण कन्सुलर सेवाहरु बन्द रहने दूतावासले एक सुचना सार्वजनिक गरि जनाएको हो।

तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न सकिने समेत दूतावासले अनुरोध गरेको छ ।
मलेसिया स्थित नेपाली दूतावासको वेबसाईट : http://my.nepalembassy.gov.np

नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको सुचना