काठमाडौं:= सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गर्नु भएको छ । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भईरहेको बताउनु भयो ।
शनिबार सिंहदरवारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतीकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया समेत दिनु भयो ।
अध्यक्ष दाहालले भन्नु भयो, ‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतीको बाटोबाटै अघि बढछ ।’ अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन बिभिन्न प्रयास भईरहेको बताउँदै आउनु भएको छ ।




















