एजेन्सी := शुक्रबार इन्डोनेसियाको सुमात्रामा पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छन, भने भूकम्पमा परी अरु ८५ जना घाइते भएका जनाइएको छ।
शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ । इन्डोनेसियाको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.२ रेक्टर स्केलको रहेको छ ।सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ।

यहाँका करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ। घाइतेहरुको उद्धार गरि स्वास्थ्यकर्मीको टोलिले प्राथमिक उपचार गरिरहेका छ्न्।
क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ । भुकम्पको धक्का मलेसियामा सेलाङ्गर , इपो , क्वालालम्पुर लगायतका क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ।




















