काठमाडौं : रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ। जीवनसाथी खोज्नलाई अब आफै धाइराख्नु पर्दैन्, एपलेनै सो कार्य गरिदिने भएको छ।लामो समयसम्म सम्बन्धमा बाधिँनका लागि यस प्लेटफर्मले सबै एकल व्यक्तिहरुलाई सँगै ल्याउने प्रयत्न गर्ने भएको हो । बिहे नेपाल एप दुवै प्ले स्टोर र एप स्टोरमा उपलब्ध रहेको छ ।
सबै कुरा अनलाइन भईरहेको समयमा वैवाहिक सम्बन्धलाई पनि डिजिटलीकरण गर्ने उद्देश्यले बिहे नेपाल एप लञ्च गरिएको हो। बिहे नेपाल एपले अक्टोबर २७, २०२१ देखि यस एपको टेस्ट फ्लाईट पनि सुरु गरेको थियो र त्यो समयदेखि ३ हजार बढि प्रयोगकर्ता एपमा जोडिसकेका छन् । एन्टरप्रेनर संस्थाले हालैमा बिहे नेपाललाई नेपाल्स जिएसईए २०२२ को दोस्रो रनर अपको रुपमा पनि पुरस्कृत गरेको थियो ।

पहिल्यै सम्बन्धमा रहेकाहरुले पनि एपमा जोडिएर आफ्नो सम्बन्धलाई अझै सुमधुर बनाउनका लागि फाइदा उठाउन सक्नेछन्। प्रयोगकर्ताहरुले एपमा आधिकारिक कागजात (नागरिक्ता, ड्राइभिङ लाईसेन्स आदि) प्रदानगरेर आइडेन्टीटी भेरिफिकेसन पनि माग्न सक्ने छन् । यसपछि एपले म्यानुअल रुपमा ती कागजात हेरेर प्रयोगकर्तालाई भेरिफाई गरिदिने गर्दछ।
भेरिफाइ गरिएका प्रयोगकर्ताले हरियो चेकमार्क प्राप्त गर्नेछन् । यो निःशुल्क एप यूजर फ्रेण्डली पनि रहेको छ । एपले चाँडै भिआईपी क्लब पनि सार्वजनिक गर्नेछ । बिहे नेपाल भिआईपी पेड फिचरको रुपमा चलाउन सकिने छ र यसको वान टाइम एन्ट्री फी ४९ हजार रुपैयाँ हो । भिआईपी प्रयोगकर्ताले आधिकारिक कागजात पेश गर्नैपर्ने हुन्छ ।




















