पोखरा:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले नै कार्यकर्ता पठाएर आफूमाथि ढुंगा हान्न लगाएको आरोप लगाउनु भएको छ ।
शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफूलाई बाटामा हिँडेको देखेपछि ढुंगा हानिएको टिप्पणी गर्नुभयो ।
उनले अघि भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर आफू प्रधानमन्त्री भएको बेला निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’ उहाँले एमसीसीका नाममा सरकारमा बसेकाहरुले नै तमासा देखाएको बताउँदै भन्नुभयो, सरकारमा पनि उनै छन्, प्रहरी देख्नै हुन्न कार्यण्कर्ता पठाएर ढुंगा हान्न लगाउँछन् ।’
ओलीले थप्नुभयो, ‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबुल गरेका छन् सभामुखले ढुंगा हानिदैन । एमसीसी ठीक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन ।
‘प्रचण्ड, शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले एमसीसी टुंग्याउनु भएको हो । ज्ञानेन्द्र कार्कीले वासिङटन डिसीमा गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले गर्यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । उल्टै म बाटामा हिड्दा ढुंगा हानिन्छ ।’ ओलीले भन्नुभयो ।




















