काठमाडौं:= गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । त्यहाँ रहेका ३८ जना नेपाली एनआरएनए युक्रेनको सम्पर्कमै रहेको र सुरक्षित रहेको एनआरएनएले जनाएको छ ।
उनीहरू विगत लामो समयदेखि युक्रेनमै बसोबास गर्दै आएका छन् । एनआरएनका अनुसार युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा दुई सयभन्दा बढी नेपाली रहेको जानकारी प्राप्त भएको एनआरएनए प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख छ । एनआरएनले नेपालीहरूलाई युक्रेनमा रहेका नेपालीहरूलाई सुरक्षित र अवस्थाको आंकलन गरी स्वदेश फर्किन आग्रहसमेत गरेको छ ।




















