काठमाडौं := नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा राष्ट्रघात छ भन्ने कुरा बकवास भएको दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँगको छलफलमा ओलीले एमसीसीमा राष्ट्रघात नभएको भन्दै यसलाई आफूले संसदमा दर्ता गराएको बताए ।
एमसीसीको बिपक्षमा उभिनु पर्ने प्रस्तावबारे केही नबोली ओलीले त्यो भन्दै बरु सभामुखले राजीनामा दिनु पर्ने, माधव नेपाल सहित १४ जना सांसदलाई कार्बाहीको सूचना टाँस्नु पर्ने शर्त राखेपछि दुई पार्टीका नेताहरुबीचको वार्ता सुखद नभएको माओवादी स्रोतले जनाएको छ ।
एक नेताले भने, अन्ततः एमाले र काँग्रेस मिलेर एमसीसी पास गरे भने पनि अब अनौठो नमान्दा हुन्छ, गठबन्धन जोगिन्छ भन्ने टुंगो छैन । विकसित घटनाक्रम अनुसार एमसीसीको विपक्षमा उभिने, सरकार छाडने र जनतामा जाने माओवादीसँग यो बाहेक विकल्प नरहेको ती नेताको दाबी छ ।




















