मलेसियामा कार्यरत देव बहादुर गुरुङ एकाएक बेपत्ता, खोजि गरिदिन आग्रह।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको क्रममा मलेसियामा काम गर्दै आएका मलेसियाको सेलाङ्गर स्थित केलाङ सेन्टर बाटनै गत शनिबारदेखि एक ३४ वर्षिय नेपाली श्रमिक युवक एकाएक बेपत्ता भएका छन्।

शनिबार रातको १०:०० बजे तिर कोठा बाट बाहिर निस्किएका उनी त्यसपछि आजसम्म सम्पर्कमा आएका छैनन् , गोरखा बारपक ८ स्थित घर भएका देव बहादुर गुरुङका माहिलो छोरा खुसी राम गुरुङ विगत १० वर्ष अघि मलेसिया आएका उनी ४ महिना पछि घर जाने तरखरमा रहेका थिए।

अविबाहित गुरुङ कुनै किसिमको मानसिक तथा शारीरिक रोगी समेत नरहेको संगै काम गर्ने सहकर्मी साथीले बताएका छन्।
घर परिवार र साथीहरू संग कम लै घुलमिल रहने उनका मलेसियामा कोही नजिका साथीहरू तथा आफन्त नरहेकाले भागेर अरु ठाउँ जाने संका गर्ने ठाउँ समेत नभएको साथीहरू बताउछन् ।

बैधानिक रुपमै रहेर काम गरिरहेका गुरुङ अचानक बेपत्ता हुँदा संगैका साथीहरू चिन्तित भएका छन्। कहि कतै कसैले पनि देख्नु वा भेट्नु हुनेले नजिकैको प्रहरी कार्यलय , अथवा नेपाली राजदुतावासको हटलाईन नम्बर +६०१६२४७२७७७ , मलया खबरको सम्पर्क नम्बर +६०११७२३२८१५० वा सोझै +६०११५९४६१००४ मा सम्पर्क गरिदिन साथै यस् समाचार लाई धेरै भन्दा धेरै सेयर गरेर घर सम्म जानकारी गरिदिनुहुन समेत उनका साथीहरुले अनुरोध गरेका छन्।