एजेन्सी मुम्बई := भारतीय अभिनेत्री काव्या थापरलाई मदिरा सेवन गरेर गाडी चलाएको र प्रहरीमाथि दुव्र्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उहाँलाई अहिले जुहु न्यायिक हिरासतमा राखिएको छ ।
काव्याले तमिल र तेलुगू चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई जुहुको प्रहरीले मुम्बई प्रहरीलाई हस्तान्तरण गरेपछि हिरासतमा राखिएको छ । उहाले मदिरा सेवनबाट गाडी चलाउँदा दुर्घटना परेपछि एक व्यक्ति घाइते भएका थिए । यसपछि उहाले प्रहरीमाथि दुव्र्यवहार गर्नुभएको थियो । प्रहरीले अदालतमा उजुरी दिएपछि अदालतले उहालाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।
२६ वर्षीया काव्यले मुम्बईमा पढाइ पूरा गर्नुभएको हो । पढाइ पूरा गरेपछि उहाँ ग्ल्यामर क्षेत्रमा आउनुभएको थियो । उहाँले सर्ट फिल्म ‘तत्काल’बाट डेब्यु गर्नुभएको थियो । यो चलचित्रपछि उहाले तेलुगु फिल्म ‘इ माया पेरिमेतो’, ‘मार्केट राजा एमबीबीएस’मा अभिनय गर्नुभयो ।




















