युएई बिरुद्ध ज्यान दिएर जीत निकाल्ने र विश्वकप खेल्ने युवा कप्तान सन्दीप लामीछानेको दाबी।

ओमान:= यस पटक नेपाली क्रिकेटका दुई संयोग एक महान लक्ष्य नजिक छ । पहिलो संयोग हो प्रशिक्षक दोस्रो कप्तान र महान लक्ष्य हो अष्ट्रेलिया यात्रा । प्रशिक्षक पुवुदु दासा नायके नेपाली क्रिकेटका त्यस्ता भाग्यमानी प्रशिक्षक हुन् जसले सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप पुरयाए ।

त्यसको ८ वर्षपछि फेरी उनै दोसो कार्यकालका लागि प्रशिक्षक बनेर आएका छन् र नेपाललाई पहिलो आधिकारीक प्रतियोगीतामै सेमिफाईनलमा पुर्याईसकेका छन् । उनको अबको रणनीति मंगलबार युएईलाई पाखा लगाउने र नेपालको अष्टेलियामा हुने विश्वकपका लागि यात्रा सुनिश्चित गराउने।

यो लक्ष्य हासिल गर्न सके पुवुदु नेपाली किकेटका एउटा सर्वाधिक सफल र थप लोकपिय प्रशिक्षक बन्ने छन् ।
अर्को हो नेपाली राष्टिय टोलीमा फेरीएको कप्तान । क्यानले अनपेक्षित रुपमा सन्दीप लामीछानेलाई कप्तान बनाएपछि खेलाडीहरु असन्तुष्ट थिए । यसले राजनीतिक तहमा पनि विवाद जन्मायो । तर क्यानले निर्णय फेरेन युवा कप्तान सन्दीप नै रहे ।

सहमति पछि सन्दीपकै कप्तानीमा खेल्न पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सहितको टोली तयार भयो र प्रशिक्षणमा जुटे । नयाँ युवा कप्तान आफ्नो जिम्मेवारीमा सफल रहँदै अब एउटा कठिन खुडकिलो पार गर्नु पर्ने परीक्षाको बिन्दुमा छन । नेपाली टिमको बलिगं र ब्याटींग दुबै रामो रहेको सन्देश छ ।

टि ट्वेन्टीमा कुसल भुर्तेलको शतकले ब्याटीगं लाईनलाई राम्रो संकेत गर्छ । बलिगंमा पनि कमल ऐरी, सन्दीप लामीछाने , दिपेन्द सिंह ऐरी, जीतेन्द्र मुखिया, अविनाश बोहरा जस्ता बलरले लगातार विकेट लिएर बिपक्षमाथि हाबी भईरहेका छन ।
यही सन्तुलनका कारण युएई बिरुद्ध भोली नेपालले जीत हात पार्ने अनुमान गरिएको छ ।

तर युएई बलियो टिम मध्यकै एक रहेकाले नेपालले सतर्कतापूर्वक दुबै पक्षमा बलियो उपस्थिति जनाउनु पर्नेछ ।
आज म्यान अफ दि म्याच घोषित भए पछि कप्तान सन्दीप लामीछानेले अब भोली युएई बिरुद्ध जिउ ज्यान लगाएर खेल्ने र विश्वकप खेल्ने योजना प्रस्तुत गरेका छन् । उनको टिमले त्यो सफलता हात पारेमा नेपाली क्रिकेटको अर्को नयाँ युग शुरु हुनेछ ।

यी फरक संयोग र लक्ष्यका बीच अब नेपालले युएई बिरुद्धको खेलमा ध्यान दिनु उत्तम हुन्छ ।
चार देशीय श्रृखलामा नेपाल भर्खरै ओमनमा युएईसँग २५ रनले पराजीत भएको थियो । अब त्यसको बदला समेत लिएर नेपालले अर्को अष्टेलिया यात्रा सुनिश्चित गर्न पयास गर्ने छ।