ओमान := नेपालले विश्वकप छनौट क्रिकेटमा समुह चरणको अन्तिम खेलमा क्यानडा बिरुद्ध ८ रनको जीत निकाल्दै सेमिफाईनल प्रवेश गरेको छ । नेपालले उत्कृष्ट बलिगं गर्दै १५ ओभरमा ८० रनमा अलआउट गरेपछि पाएको ८१ रनको लक्ष्य १४.१ ओभरमा २ विकेट गुमाएर पूरा गरयो ।
नेपालका लागि कुसल भुर्तेल ३४, दिपेन्द सिंह ऐरी २७ बनाउदै अवीजीत रहे । ओपनर आशिफ शेख १७ रन बनाएर आउट भए । कुसल मल्ल शुन्य रनमा पेभिलियन फर्किए । त्यस अघि नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १२ रन खर्चिए ।
कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाशले ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।
अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर खडा भयो । हेयलिगरले सर्वाधिक २४ रन बनाए । नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।
नेपालले अब सेमिफाईनलमा युएई बिरुद्ध खेल्ने छ । यो खेलमा युएईलाई पराजीत गरे नेपालले यसै वर्ष अष्टेलियामा हुने टी २० विश्वकपमा छनौट हुने छ। यस समुहबाट नेपालसँगै ओमन पनि सेमिफाईनल प्रवेश गरेको छ । अर्को समुहबाट युएई र आयरल्याण्ड छनौट भएका छन् ।




















