एजेन्सी := संसदमा एमसिसी टेबल गर्न दिने सहमति जनाउनुभएका सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीमा आफू र आफ्नो पार्टी एमसिसीको विपक्षमा रहेको दाबी गर्नुभएको छ ।
आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता टेबल गरेपछि सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष दाहालले विवाद र विरोधबीच पेश गरिएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘विवाद र बिरोधबीच सरकारले एमसिसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसिसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’




















