देउवा,प्रचण्ड,माधवको गठबन्धनलाई पानीमुनि गए पनि ठेगान लगाउँछु: केपी ओली।

काठमाडौं := नेकपा एमालेका अध्यक्ष ओलीले अहिलेको सत्तारूढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको बताउनुभयो। उहाँले एक वर्षपछि गठबन्धनलाई ठेगान लगाउने दाबी गर्नुभयो । भक्तपुरस्थित सूर्यविनायक नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै ओलीले यस्तो दाबी गर्नुभएको हो।

केपी ओलिले ‘अब एक वर्षभित्र चुनाव आउनुपर्छ, बढीमा एक वर्ष हो यिनीहरूको गठबन्धनको आयु’ उहाँले भन्नुभयो, ‘संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोधे पनि त्यही भन्छन् । जस्तै पानीमुनि गए पनि कहाँ यो स्वार्थी गठबन्धन बच्न सक्छ ? पानीमुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ।’

अध्यक्ष ओलीले रामायणमा मन्थराका कारण रामचन्द्र र महाभारतमा सकुनीका कारण पाण्डवहरू वनबास जानुपरेको भन्दै आफूलाई पनि स्वार्थी गठबन्धनले ‘वनबास’ पु¥याएको उहाँले बताउनुभयो । ‘यत्रोबिघ्न मन्थरा र सकुनीहरू लागेपछि केपी प्रधानमन्त्रीबाट हट्नु कुन ठूलो कुरा भयो र ¤ उहाँले भन्नुभयो ‘तर फेरि चुनाव आउँछ । यहाँ १४ वर्ष पर्खिनुपर्दैन । बढीमा पाँच वर्षको कुरा हो । ‘साढे तीन वर्षमा बल्ल ढाल्न सके । डेढ वर्षमा चुनाव आउनुपथ्र्यो, ६ महिना गइसक्यो । अब एक वर्षको कुरा हो ।’