पुर्व नेत्री रञ्जु दर्शनाको किसु कुइकेलसँग भयो इंगेजमेन्ट।

काठमाडौं:= विवेकशील साझा पार्टीकी पुर्व नेतृ रञ्जु दर्शनाले इंगेजमेन्ट गर्नु भएको छ । उहाँले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गर्नुभएको हो । दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्रह्माण्डलाई  साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाउनु भएको छ।

‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं,’ उहाँले लेख्नुभएको छ, ‘तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु ।

मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु।’ उहाँको विवाह कहिले हुने भन्ने खुलाइएको छैन।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उहाँ   चर्चामा आउनु भएको थियो।