बेलायतबाट फर्केका युवाले नेपालमै खोले ‘कोशेली थकाली’

काठमाडौं:= नेपाली युवा-यवतीहरू लाखौंको संख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशिए । खासगरी देशमा व्याप्त राजनीतिक भद्रगोल, गरिखाने वातावरणको कमी र बेरोजगारीले धेरै युवा बाहिरिए । त्यसरी बाहिरने मध्येका एक हुनु हुन्छ निजगढ घर भई काठमाडौं  बसोवास गर्दै आउनु भएका विनय गौतम ।

उमेरले ३५ वर्षीय विनय आजभन्दा १३ वर्षअघि बढ्न र अवसरको खाजीमा बेलायत जानुभयो । उहाँले बेलायतमा पढ्ने र होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्नु थाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ । कामलाई सानो ठूलो भनिनँ ।’

काठमाडांैको शंखमूलस्थित आलोकनगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट खेल्नु भएका विनयले बेलायतको अनुभवले खेलेको बताउनु हुन्छु । कोशेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताउने गौतमले नौजनालाई रोजगारी दिनुभएको छ । चर्चित नेपाली थकाली ब्राण्डलाई प्रमोशन गर्ने हिसाबले थकाली रेष्टुरेन्ट खोलेको उहाँ सुनाउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘अग्र्यानिक हिसाबको थकाली खाना र सेकुवा कोशेली थकालीको मुख्य पहिचान हुनेछ ।’ त्यसका आलवा रेष्टुरेन्टमा ढिँडो, कालिजको मासु, खसीको भुटन र टाउको लगायत पाइने बताउनु हुन्छ । अग्र्यानिक खाना-खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफ्नो मूल लक्ष्य रहेको उहाँ बताउनु हुन्छ । विद्यार्थीलाई १० प्रतिशत छुट रहेको जानकारी दिनुभयो ।