जुम्ला विमानस्थललाई स्तरोन्नति गरिनेबारे संघीय मन्त्री आले र प्रदेश मन्त्री पदमबहादुर रोकायबीच छलफल।

जुम्ला:= जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थल स्तरोन्नतिका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायबीच छलफल भएको छ  । भेटमा दुई मन्त्रीबीच जुम्ला विमानस्थलको धावनमार्ग स्तरउन्नति गरेर ठुलाजहाज अवतरण गर्ने बिषयमा छलफल भएको कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताउनुभयो ।

दुईमन्त्री बीच धावनमार्ग विस्तारका बारेमा पहिलो चरण छलफल भएको छ ।  कर्णालीका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री रोकायाका स्वकीय सचिव अमर रोकायाले भन्नुभयो,“विमानस्थलको धावनमार्ग विस्तार बारेमा पर्यटनमन्त्री आले सकरात्मक देखिनुभएको छ । दुर्गम क्षेत्रको हवाई सेवा व्यवस्थापनमा निकै चासो देखाउनु भएको छ । पर्यटनमन्त्री आलेले धावनमार्ग विस्तारका लागि तत्काल पहल थालिने आश्वासन दिएको स्वकीय सचिव रोकायाले बताउनुभयो ।”

सो विमान स्थालमा ठुलो जहाज अहिले बस्न नसक्दा कर्णालीको हवाई यात्रा निकै कष्टकर बनेको छ । विमास्थल स्तरउन्नती गरेर ठुलो जहाज चल्न सकेको खण्डमा यहाँका नागरिकलाई निकै सहज हुने देखिन्छ । जसका लागि संघीय सरकार सकरात्मक छ । कर्णाली प्रदेश सरकार पनि प्रतिबद्ध देखिन्छ । पर्यटनमन्त्री आलेले तत्काल जुम्लामा प्राविधिक टोली खटाउने बताउनुभएको छ ।

प्राविधिक टोलीको प्रतिबेदन आएपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइने दुइमन्त्री बीच छलफल भएको छ । कर्णालीबासीको माग र आवश्यकतालाई हेरेर ठुला जहाज अवतरण गराउने उद्धेश्यका साथ विमानस्थल स्तरोन्नतीको पहल भइरहेको भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रोकायको सचिवालयले जनाएको छ । कर्णालीका भौतिक पूर्वाधार मन्त्री रोकायाका अनुसार तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तरोन्नतिको प्रक्रिया क्रमश अघि बढ्ने भएको छ । रोकाया जुम्लाका क्षेत्र नम्बर (ख) का प्रदेश सांसद् हुँदै कर्णालीको पूर्वाधार मन्त्री भएपछि जुम्ला विमानस्थल विस्तारका लागि पहल गर्न थालेका हुन् । कर्णालीमा ठुला जहाज चल्न सक्ने विमानस्थल छैनन् ।

त्यसका लागि जुम्ला विमानस्थल नै उपयुक्त हो । अब विमानस्थल विस्तार गरेर ठुला जहाज अवतरण गरेर हवाइ सेवा सहज बनाउन पहल भइरहेको पुर्वाधार मन्त्री रोकायाले बताउनुभयो । हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७५ मिटर छ । जसका कारण साना जहाज मात्रै अवतरण हुदै आएकाछन् । विमानस्थलको धावनमार्ग १५ देखि १८ सय मिटरसम्म विस्तार गर्नसके ठूला जहाज सजिलै अवतरण गर्न सकिने जुम्ला विमानस्थलले जनाएको छ ।