क्वालालम्पुर (मलेसिया):= कोरोना माहामारीले विश्व आक्रान्त अवस्थामा छ्न । मलेसियामा पनि पुनः कोरोना भाइरसको माहामारी बढ्दै गैइरहेको मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ ।
यता करिबकरिब ३ बर्षदेखि विदेशी नागरिकहरुको लागि बन्द रह्र्को मलेसियाको बोर्डर खोल्ने कि नखोल्ने भन्ने बारे तीब्र बहस चलिरहेको छ। केहि दिन अगाडि मात्रै मलेसियाली राष्ट्रिय रिकभरी काउन्सिल (NRC) एनआरसिले विदेशी नागरिक @हरुको लागि मलेसियाको बोर्डर खोल्न सरकारलाई प्रस्ताव परिपत्र गरेको थियो।
मलेसियाको प्रधानमन्त्री दातोक श्रि इस्माईल साब्री याकोबको अध्यक्षतामा बसेको सरकारको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय रिकभरी काउन्सिल (NRC) लाई मार्च १ तारिख सम्ममा देशको सिमाना पुन: खोल्ने प्रस्तावमा पुर्ण रुपमा छलफल गर्न बाँकीनै रहेको जनाएको छ।
प्रधानमन्त्रीले छलफल गरेर स्वास्थ्य मन्त्रालयमा पठाइएको भएता पनि अहिलेसम्म स्वास्थ्य मन्त्रालयले मूल्याङ्कनका लागि मन्त्रिपरिषद्मा प्रस्तावबारे कुनै पनि प्रतिक्रिया नदिइएको बताए । प्रधानमन्त्रीले भने “पर्यटन उद्योग र जनताको स्वास्थ्य जोगाउन चाहनेबीच सन्तुलन खोज्नुपर्छ, त्यसैले स्वास्थ्य मन्त्रालयले यसबारे विस्तृत रूपमा हेरेर अर्को चरणमा मन्त्रिपरिषद्मा प्रस्ताव गर्नेछ , उनले भने।”
“आजसम्म, हाम्रा सीमानाहरू विदेशीको लागि अझै पनि बन्द छन् । यसलाई फेरि खोल्ने बारे बिस्तृत रुपमा कुनै छलफल भएको छैन,” युएमएनओका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री साब्रीले लेडाङ बारिसन नेशनलसँगको भेटघाट कार्यक्रमपछि पत्रकारहरूसँगको भेटमा सो कुरा बताए।
प्रधानमन्त्री साब्रीले भने कि सरकारले हालसम्म मलेसिया-सिंगापुर सीमा जोहोरमा भ्याक्सिनेटेड ट्राभल लेन (VTL) मार्फत मात्र पुन: खोलेको थियो। उनका अनुसार कोभिड–१९ को महामारीबाट नराम्ररी प्रभावित पर्यटन उद्योग व्यवसायीले भोग्नुपरेको समस्याप्रति पनि सरकार सचेत भए पनि विदेशी पर्यटकको आगमनले मुलुकमा कोरोना सङ्क्रमण बढ्न नदिन चाहेको बताए ।
“पर्यटन मन्त्रालयमा पनिक मेरा साथीहरू (मन्त्री हुँदादेखि) छन् … बाँच्न नसक्ने साथीहरू, यात्रु बोक्ने आम्दानीमा भर पर्ने टुर चालकहरू। अहिले कोही पनि (पर्यटक) छैनन्, तर पनि जसोतसो बाचिरहेका छ्न। “सायद हामी अहिले देख्न सक्छौं कि सरकारले अझै पनि स्थानीय मजदुरहरूलाई ज्याला अनुदानमा सहायता प्रदान गरिरहेको छ तर हामीले धेरै तिर्दैनौं, आरएम ६ सय मात्र। यो मद्दत गर्नको लागि हो तर हामीलाई थाहा छैन उनीहरू कति लामो समयसम्म बाँच्न सक्छन्।
“त्यसैले हामी अन्ततः सीमानाहरू खोल्न सक्छौं तर, त्यसो गर्न, हामीले स्वास्थ्य मन्त्रालयबाट सल्लाह र अनुमति लिनु पर्छ। “हो, यो सत्य हो कि हामी सिमानाहरू पुन: खोल्न चाहन्छौं किनभने हामी पर्यटन उद्योगलाई सहयोग गर्न चाहन्छौं, तर हामी पहिला यहाँका मलेशियनहरूको स्वास्थ्यको रक्षा गर्न चाहन्छौं।
“यदि यहाँ आउने यात्रुहरू संक्रमित छन् भने, यसले कोरोना केसहरूको संख्यामा बृद्धि गर्ने र हाम्रा जनताको स्वास्थ्यलाई जोखिममा पार्ने काम मात्र हुन्छ त्यसैले तत्काललाई पुर्ण रुपमा विदेशीको लागि सिमाना खोल्ने निर्णय भएको छैन।” — source : Bernama




















