काठमाडौं := यतिवेला नेपाली सांगीतिक बजारमा बाल गायकद्धय रुक्साना लिम्वु र सुप्रिम मल्ल ठकुरीको चर्चा निकै चलिरहेको छ । उनीहरु दुवैजनाको स्वरलाई नेपालीहरुले निकै मनपराएका छन । यसै विच सुविस्ता इण्टरटेनमेण्टले बाल गायकद्धय लाई लिएर “संम्झिराख है साथी” नामको एल्बम् बजारमा ल्याएको छ ।
उमेश खड्काको शब्द तथा सागर संसारको एरेन्ज ,ब्यवस्थापन रहेको यस् गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो । रुकेश राईले रेकर्डिङ गरेको गीतलाई अशोक महर्जनले मिक्सिङ्ग गरेका छन ।
यसैगरी भिडियो समेत निकै राम्रो बनेको दर्शक स्रोताहरुले बताएका छन । बिरेन्द्र भट्टको छायांकन तथा प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा गायकद्धय रुक्सना लिम्वु र सुप्रिम मल्ल ठकुरीको मनमोहक अभिनय समेत देख्न सकिन्छ। भिडियोको सम्पादन विष्णु खड्काले गरेका छ्न।
तलको लिङ्क क्लिक गरेर भिडियो हेर्नुस् :




















