नयाँ दिल्ली:= भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गर्नु भएको छ ।
सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो। राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताउनु भएको छ।
भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले राहुललाई ‘नसुन्ने र संसदमा नबस्ने व्यक्ति’ भन्दै उहाको कटु आलोचना गर्नु भएको छ ।
संसदको बहसलाई आफूले स्वागत गर्नेमा जोड दिँदै आफू र आफ्नो सरकारले कसैलाई आक्रमण नगर्ने र छलफलमा विश्वास गर्ने मोदीले बताउनु भयो । ‘म कसैलाई आक्रमण गर्ने भाषा बुझ्दिन र मेरो यस्तो स्वभाव पनि छैन । तर, तर्क र तथ्यका आधारमा केही हलचल (विवाद) ल्याउन सञ्चार माध्यमले सदनमा मेरा शब्दलाई व्याख्या गरेको हुन सक्छ,’ उहाँले भन्नू भयो ।
राष्ट्रपतिको सम्बोधनलाई संसदमा धन्यवाद दिनका लागि बोल्ने क्रममा बेरोजागार, चीनसँगको सीमा विवाद र कंग्रेस पार्टीका कार्यकर्तामाथिको आक्रमणबारे राहुलले उठाएका प्रश्नको जबाफ नदिएको प्रधानमन्त्रीमाथि आरोप लाग्दै आएको छ ।
राहुलका प्रश्नले प्रधानमन्त्री रिसाएको समेत आरोप लाग्दै आएको छ। सो विषयमा विस्तृत वर्णन गदैै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी कसैलाई हमला गर्दैनौं । बरु, वार्तामा विश्वास गर्छौं । संसदमा धेरै पटक बहस, अवरोधहरु भएका छन् । म यसलाई स्वागत गर्छु । तसर्थ, यी विषयमा म रिसाउनुपर्ने कुनै कारण छैन।’




















