लताको पार्थिव शरीरमा शाहरुखले ‘फुके’, भाजपा नेता र हिन्दु कट्टरपन्थी ‘थुकेको’ भनि विवाद गर्दै।

एजेन्सी := अहिले भारतमा दुई तस्विर सर्वत्र चर्चामा छ। आइतवार भारतको मुम्बईमा लता मंगेशकरको राजकीय अन्तिम संस्कारमा सहभागी हुन पुगेका शाहरुख खानको तस्विरलाई लिएर अहिले भारतभर बहस भइरहेको हो।

लताको पार्थिम शरिरमा फुल चढाउँदै श्रद्धासुमन व्यक्त गर्न शाहरुख आफ्नो म्यानेजर पूजा दद्लानी सँगै पुगेका थिए।  पार्थिव शरीर राखिएको स्थानमा पूजाले नमस्ते गर्दै प्रार्थना गर्छिन् भने शाहरुखले दुई हातलाई जोडेर इस्लाम परम्परा अनुसार प्रार्थना गर्छन्। त्यसबेला खिचिएको पूजा र शाहरुखको तस्विरहरु सामाजिक संजालमा भाइरल भएका छन्। धेरैले उक्त तस्विरले भारतको धार्मिक सहिष्णुता देखाउने बताए।

त्यो तस्विरको चर्चासँगै शाहरुखको अर्को तस्विर पनि भाइरल भयो। भिडियोमा देखिए अनुसार् शाहरुख खानको हातमा फुलको माला हुन्छ। उनी पहिले लताको पार्थिम शरीरमा माला चढाउँछन्। त्यसपछि लताको आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना गर्छन्।  शाहरुखले प्रार्थना पछि आफ्नो मास्क फुकाल्छन् र लताको पार्थिव शरीर अघि ‘फुक’छन्। तर, हिन्दुअतिवादी र केही संचारमाध्यमले त्यसलाई ‘थुकेको’ करार दिए।

त्यसपछि केही व्यक्तीहरूले शाहरुखले प्राथना गरेर फुकेकोलाई थुकेको भनि उनको ट्रोल बनाइए। हिन्दु कट्टरपन्थीहरु अन्तिम संस्कारमा कलाकार आमिर खान र जावेद अख्बरले हात जोडेर नमन गरेको भनि शाहरुखले गलत गरेको व्याख्या गरे।

हरियाणाका भारतीय जनता पार्टीका नेता अरुण यादवले पनि भिडियो सेयर गर्दैँ ‘के शाहरुखले थुकेका हुन्?’ भनि ट्विटरमा प्रश्न गरे। उनले शाहरुखको विषयमा अन्य ट्विट पनि लेखिरहेका छन्। भारतीय प्रधानमन्त्री मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विरुद्धमा बोल्नेहरु ‘थुक र फुक’को बारेमा आफूलाई सिकाइरहेको उनले तर्क गरेका छन्। भाजपाका कार्यकताहरुले शाहरुखका छोरा आर्यन खानलाई नै प्रार्थना र फुकको आवश्यकता रहेको लेखिरहेका छन्।

शाहरुख खानका फ्यान र मुस्लिम समुदायले भने शाहरुखको कार्यलाई गलत बुझ्नेहरुलाई राम्ररी भिडियो हेर्न सल्लाह दिएका छन्। फिल्म निर्माता अशोक पण्डितले थुकेको भन्नेलाई ट्विटरमार्फत जवाफ फर्काएका छन्। शाहरुखे लता मंगेशकरको अन्त्येष्टिमा थुकेको झुटो आरोप रहेको बताएका छन्। शाहरुखले आफ्नो परम्परा अनुसार पार्थिव शरीरलाई फुकुवा गरेको अशोक पण्डितले लेखेका छन्। साथै ट्वीटरमा पनि धेरैले शाहरुखको कदममा समर्थन जनाएका छन्।